images

२०८३ आश्विन २९ गते

images
images
images

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

    images
    images

    सरुवा सूचीअनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवहरूलाई बाहिर पठाइएको छ भने केही नयाँ अनुहार भित्रिएका छन्। अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालयमा र गजेन्द्र कुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा पठाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमै सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका रामदत्त भट्टलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

    सरकारले मधेस, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सचिवहरू पनि हेरफेर गरेको छ। परराष्ट्र मन्त्रालयका विन्देश्वर प्रसाद लेखकलाई मधेश प्रदेशमा अर्थका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ । 

    images
    images

    यस्तो छ सहसचिवहरूको सरुवाको सूची :

    suchi
     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend