images

२०८३ आश्विन १६ गते

images
images
images

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • महेन्द्रनगर (कञ्चनपुर), २२ असार । पाँच महिना अघि बजारमा आएको– 

    images
    images

    ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ ।’
    ‘तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’
     
    बोलको देउडा गीत चर्चित छ । सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर ‘ए रुपा’ बोलको कुमाउनी प्याटनको गीतमात्रै नभएर उनका हरेक गीतले सुदूरका देउडा पारखीहरूको मन जितिरहेका छन् । उक्त गीत बजारमा आउँदा केही समय भाइरल भएको थियो । युट्युबमा ‘ए रुपा’ बोलको गीतले ५४ लाख भ्युज पाएको औजीको भनाइ छ ।

    बेलाबखत लोकप्रिय देउडा गीतहरू बजारमा ल्याएर सामाजिक सञ्जालदेखि युट्युब, टिकटकलगायतमा बजार तताउने गीत ल्याउँदै आएका देउडा गायक औजीको परिचय देउडा गायकमा मात्रै सीमित छैन । औजी नेपाल प्रहरी सङ्गठनका प्रहरी सहायक हबल्दार हुन् ।

    images
    images

    सत्र वर्ष जागिर पार गरिसकेका औजीले आफ्नो प्रहरीको जिम्मेवारीसँगै साङ्गीतिकयात्रालाई पनि निरन्तरता दिइरहेको बताउँछन् । “स्कुल पढ्दादेखि नै देउडा गायनमा औधी रुचि भएकाले बैतडीमा विद्यालयहरूको जिल्लास्तरीय गायनमा पनि प्रथम भएको थिएँ”, बैतडीको पञ्चेश्वरी गाउँपालिका–६ बिजुलमा जन्मिएका औजी २०६३ सालदेखि सुदूरपश्चिमको देउडा गाउन थालेका हुन् ।

    “गाउँबाट एसएलसी पास गरेर २०६६ सालमा प्रहरी जवानमा भर्ना हुनुअघि दुईवटा गीत बजारमा ल्याइसकेको थिएँ ।” हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत औजीले रासससित भन्नुभयो, “ड्युटी सकेर ब्यारेक पस्यो, फुर्सद भयो कि गायन, नयाँ सृजनामा समय खर्चिर्ने बानी भइसक्यो ।”

    विसं २०६३ मा किशोरावस्थामै बैतडीबाट महेन्द्रनगर झरेर औजीले ‘घर छुट्यो, घरबार टुट्यो देउडा’ बोलको पहिलो गीत रेकर्ड गराएको बताए । पछिल्लो समय महेन्द्रनगरका कलाकार मासुम विष्टको लय र शब्द सङ्कलन तथा गायक औजीको ‘ए रुपा’ बोलको गीत सुदूरपश्चिममा मात्रै नभएर भारतको सीमावर्ती कुमाउ, पिथौरागढ र गडवाल क्षेत्रमा पनि चर्चित छ ।

    हाल भीमदत्त नगरपालिका–५ सुकासाल बस्दै आएका औजीले सुदूरपश्चिममा एक सयभन्दा बढी गीतमा स्वर दिइसकेको बताए । औजीका दर्जनभन्दा बढी गीत अहिले पनि सुदूरपश्चिममा चर्चित छन् ।

    “लागुऔषधसम्बन्धी सचेतना तथा प्रहरीका पनि गीतहरू ल्याएको छु, चलिरहेका छन्”, उनले भने, “ड्युटीपछिको मेरो गायनयात्रालाई प्रहरी सङ्गठन र घरपरिवारले साथ दिएकाले हर्षित छु ।”

    ‘प्रहरीलाई खबर गरौँ’
    हरघडी आउँछ प्रहरी, सेवा गर्न आउँछ प्रहरी’

    ‘घटना र दुर्घटना विपद् भएमा हरक्षण तयारी छौँ फोन गरौँ सयमा’ बोलको प्रहरीको गीत तीन वर्षअघि बजारमा औजीले ल्याएका थिए । यहाँ प्रहरीले गर्ने सचेतनामूलक कार्यक्रममा गायनमा पनि औजीले सचेतनामूलक प्रस्तुत दिने गरेका छन् ।

    “मेरो पहिलो गीत ‘घर छुट्यो घरबार टुट्यो’ त्यो बेला सुदूरपश्चिमका रेडियो एफएमहरूमा पनि निकै बज्थ्यो ।” औजीले भने, “अहिले पनि पहिलो गीत ओझेलमा छैन, दर्शकस्रोताले मन पराएकै छन् ।”

    सुदूरपश्चिमका अर्का परिचित देउडा गायक महेशकुमार औजी गायक शेरीराम औजीका साङ्गीतिक क्षेत्रका एक प्रेरणा हुन् । “महेश औजी नाताले पनि दाई पर्नुहुन्छ”, उनले भने, “घरका सबै सदस्यहरूले पनि मेरो गायनको यात्रालाई प्रोत्साहन गरिरहन्छन्।” 

    उनले सुदूरका नौवटै जिल्लाको कला, संस्कृति पर्यटकीय गन्तव्य समेटिएको देउडा गीत ‘मेरी माया शीतलु छायाँ’ सुदूरपश्चिममा अर्को लोकप्रिय देउडा गीत हो ।

    प्रहरीको ड्युटी सकेर फुर्सदमा गीतसङ्गीतकै दुनियाँमा समय खर्चिने औजी बिदाका बेला सुदूरपश्चिममा हुने मेला महोत्सवमा पनि स्टेज प्रस्तुति दिने गर्नुहुन्छ । “ड्युटी मेरो पहिलो प्राथमिकता हो”, उनले भने, “गीतसङ्गीतलाई पनि निरन्तरता दिने योजनासहित साङ्गीतिक क्षेत्रलाई पनि सँगै लगेको छु ।”

    उहाँले देउडा गीतहरू स्रोता दर्शकहरूले निकै मन पराएकै कारण देउडा गायनमा गरेको लगानीको प्रतिफल राम्रै आइरहेको बताए । “यहाँसँगै भारतीय सीमावर्ती क्षेत्रबाट पनि साङ्गीतिक प्रस्तुतिका लागि बोलावट हुन्छ”, उनले भने, “समय मिलेमात्रै प्रस्तुतिका लागि जाने गरेको छु ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend