images

२०८३ आश्विन १६ गते

images
images
images

आज अर्थ समितिमा विज्ञसँग छलफल गर्दै

आज अर्थ समितिमा विज्ञसँग छलफल गर्दै

images
images
आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • काठमाडौँ । संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक आज सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुने कार्यसूची रहेको छ।

    images
    images

    बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिमा समावेश गरिनुपर्ने विषयहरूबारे विज्ञ, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग विस्तृत छलफल गरिनेछ। अर्थतन्त्रमा देखिएका वर्तमान चुनौती, वित्तीय क्षेत्रको स्थायित्व, निजी क्षेत्रको लगानी प्रवर्द्धन, कर्जा प्रवाह, ब्याजदर व्यवस्थापन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उपायका विषयमा सुझाव संकलन गरिने अपेक्षा गरिएको छ।

    समितिले प्राप्त सुझावलाई आगामी मौद्रिक नीतिका सन्दर्भमा आवश्यक सिफारिसका रूपमा सम्बन्धित निकायसम्म पुर्‍याउने तयारी गरेको छ। पछिल्लो समय आर्थिक गतिविधिमा सुस्तता, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, कर्जा विस्तारको अवस्था तथा निजी क्षेत्रले उठाउँदै आएका नीतिगत सुधारका मागलाई ध्यानमा राख्दै समितिले सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न लागेको हो।

    images
    images

    यसका साथै बैठकमा समितिसँग सम्बन्धित अन्य समसामयिक विषयहरूमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ। अर्थ समितिले समय–समयमा वित्तीय, मौद्रिक तथा आर्थिक नीतिसँग सम्बन्धित विषयमा सरोकारवालाको धारणा संकलन गर्दै सरकार तथा सम्बन्धित निकायलाई आवश्यक सुझाव दिँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend