images

२०८३ आश्विन १८ गते

images
images
images

राहदानी प्रणाली स्तरोन्नति हुँदै,

राहदानी प्रणाली स्तरोन्नति हुँदै,

केही दिन सेवा प्रभावित हुने

images
images
शनिवार, आषाढ २० २०८३
शनिवार, आषाढ २० २०८३
  • काठमाडौँ । राहदानी विभागले राहदानी सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली स्तरोन्नतिको कार्यका कारण केही दिन देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।

    images
    images

    विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ। विभागले यसअघि नै प्रणाली परिवर्तनका क्रममा केही समय सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी सार्वजनिक गरिसकेको थियो।

    सूचनाअनुसार असार २४ देखि २६ गतेसम्म देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा पूर्ण रूपमा बन्द रहनेछ।

    images
    images

    त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि स्थगित रहने विभागले जनाएको छ।

    विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा प्रवाह अझ सुरक्षित, छिटो, प्रभावकारी र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीले भविष्यमा अझ सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास विभागको छ।

    प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति विभागले क्षमायाचना गर्दै आवश्यक सहयोग, धैर्यता र सहकार्यका लागि सबै सरोकारवालासँग अनुरोध गरेको छ। साथै, अत्यावश्यक राहदानी सेवा आवश्यक पर्ने सेवाग्राहीलाई सेवा बन्द हुने मितिभन्दा अघि नै आवश्यक प्रक्रिया पूरा गर्न विभागले आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend