images

२०८३ आश्विन १६ गते

images
images
images

बुधबार गणेश र श्रीकृष्णको पूजा गर्न शुभ, हरियो दानले समृद्धि मिल्ने विश्वास

बुधबार गणेश र श्रीकृष्णको पूजा गर्न शुभ, हरियो दानले समृद्धि मिल्ने विश्वास

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ, १७ असार । आज २०८३ साल असार १७ गते बुधबार, असार कृष्ण पक्षको द्वितिया तिथि परेको छ। हिन्दू धर्मशास्त्रअनुसार बुधबारलाई बुध ग्रह तथा भगवान श्रीकृष्ण (विठ्ठल) र भगवान गणेशको आराधनाका लागि विशेष शुभ दिन मानिन्छ।

    images
    images

    धार्मिक मान्यताअनुसार बुधबार तुलसीको पात अर्पण गरी भगवान श्रीकृष्णको पूजा तथा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। नयाँ कामको सुरुआत, व्यापार, अध्ययन तथा शुभ कार्य प्रारम्भका लागि पनि बुधबारलाई उत्तम दिन मानिन्छ।

    शास्त्रमा बुधबार गाईलाई हरियो घाँस खुवाउने, मुंगको दाल दान गर्ने तथा भगवान गणेशलाई सिन्दुर र लड्डु चढाउने परम्परा रहेको उल्लेख छ। विशेषगरी बुध ग्रह कमजोर भएको विश्वास गरिने व्यक्तिले गणेशको पूजा गर्दा ग्रहदोष कम हुने धार्मिक मान्यता छ।

    images
    images

    धार्मिक आस्थाअनुसार श्रद्धा र विश्वासका साथ गरिने पूजा, दान तथा सत्कर्मले जीवनमा सुख, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend