images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • मेरो गाडीको कालो सिसा पनि हटाउनुस्–...

मेरो गाडीको कालो सिसा पनि हटाउनुस्– गृहमन्त्रीको निर्देशन

मेरो गाडीको कालो सिसा पनि हटाउनुस्– गृहमन्त्रीको निर्देशन

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौँ । सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरुङले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन निर्देशन दिँदै आफ्नो गाडीको सिसा पनि हटाउन भनेका हुन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गुरुङले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।’गृहमन्त्रीले चढ्ने गाडीमा कालो सिसा राख्ने प्रचलन थियो । तर, गुरुङ धेरैजसो आफ्नै गाडीमा यात्रा गर्दै आएका छन् । उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको गाडीको कालो सिसा पनि हटाउने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्– ‘उहाँको गाडीको कालो सिसा पनि अब हटाउँछौँ ।’

    images
    images

    असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालेको छ । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो ।कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग सोमबार छलफल गरिरहेको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले भने– ‘कतिपय गाडीमा कम्पनीबाट नै कालो सिसा जडान भएर आएको भेटियो, त्यसबारे छलफल गर्दैछौँ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend