images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता...

इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • इलाम।जिल्ला प्रशासन कार्यालय इलामले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमानसँगै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागको मौसमी बुलेटिनअनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। इलाममा पनि गत वर्षझैँ अत्यधिक वर्षा भई बाढी, पहिरो तथा अन्य विपद्का घटना दोहोरिन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।

    images
    images

    प्रशासनले विशेषगरी खोला, खहरे र पहिरोको जोखिम भएका क्षेत्रमा यात्रा गर्दा तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेको छ।डुबानको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित र उँचो स्थानको पहिचान गरी आवश्यक परे तत्काल स्थानान्तरण हुन पनि आग्रह गरिएको छ।यसैबिच नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि प्रशासनले आग्रह गरेको छ।प्रशासनले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ हटलाइन नम्बर प्रयोग गर्न अनुरोध गरेको छ। 

    साथै जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन सबैलाई आग्रह गरिएको छ।

    images
    images

    731239243_966109579765821_7278111073975291529_n

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend