images

२०८३ आश्विन १७ गते

images
images
images

३२ करोड ऋणको भार, भोटेकोशी हेलि रिसोर्टमाथि बैंकको लिलामी प्रक्रिया पुनः सुरु

३२ करोड ऋणको भार, भोटेकोशी हेलि रिसोर्टमाथि बैंकको लिलामी प्रक्रिया पुनः सुरु

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । सिन्धुपाल्चोकको मार्मिङ १ मा रहेको चारतारे रिसोर्ट भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पाले बैंकको ऋण नतिरेपछि पुनः लिलामीमा गएको छ । यो रिसोर्टका सञ्चालकहरु चिनबहादुर रानाभाट (चिनु) समिरकुमार नेपाल, छिरिङ शेर्पा र सुवास प्राधानले ऋण नतिरेपछि यो रिसोर्टलाई नेपाल बैंकले पुनः लिलाम गर्ने गरी सूचना प्रकासन गरेको छ ।यस अघि जेठ ५ मै लिलाम गर्न खोजिएको यो रिसोर्टका लागि बोलकबोल नभएको र ऋणभन्दा न्यून रकम कबोल हुने संकेत पाएपछि नेपाल बैंकले उक्त लिलामी प्रक्रियालाई रद्द गरेर सोमबार पुनः १५ दिने सूचना निकालेको छ ।

    images
    images

    बैंकले निकालेको सूचना अनुसार भोटेकोशी रिसोर्ट र यसले चर्चेको ३५ रोपनी ७ आना जग्गासहित लिलाम गर्ने र ऋण असुल गर्ने उल्लेख छ ।यो रिसोर्टका चार जना सञ्चालकहरु रानाभाट, नेपाल, शेर्पा र प्रधानले ऋण नतिरेको भनेर बैंकले लिलामीको सूचना निकालेको भएपनि रिसोर्टको स्वामित्व भने परिवर्तन भइसकेको छ । एक वर्ष अगाडि नै स्वामित्व परिवर्तन भएको यो रिसोर्टमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको परिवार र प्रधानको परिवारको बहुमत सेयर छ ।४८ कोठामा सञ्चालनमा आएको यो चारतारे रिसोर्टमा हाल २४ वटा मात्र कोठा सञ्चालनमा रहेको छ । यो रिसोर्ट सञ्चालन गर्न नेपाल बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिइएको थियो ।

    बैंकलाई बुझाउनुपर्ने ५ करोड ६६ लाख ब्याज र १ करोड १८ लाख रुपैयाँ जरिबानासहित कुल पाैने ३९ करोड रुपैयाँ पुगेको छ । यही रकम असुल गर्ने प्रक्रिया भने नेपाल बैंकले यस अघि नै सुरु गरिसकेको छ ।यो रिसोर्टबाट पूर्व लगानीकर्ता बाहिरिएर नयाँ लगानीकर्ता भित्रिएको भएपनि बैंकिङ प्रक्रिया पूरा नगरेका कारण पूर्वलगानीकर्ता बैंकको ताकेतामा परेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend