images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • सरकारी खाद्यकै गोदाममा चरम लापरबाही, नयाँ...

सरकारी खाद्यकै गोदाममा चरम लापरबाही, नयाँ बोरामा मुसाले खाएर डल्ला परेको चामल प्याकिङ

सरकारी खाद्यकै गोदाममा चरम लापरबाही, नयाँ बोरामा मुसाले खाएर डल्ला परेको चामल प्याकिङ

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौँ ।  सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा गुणस्तरहीन चामल पुनः प्याक गरी बिक्री वितरण गर्न लागिएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङ जिल्लामा गरेको स्थलगत निरीक्षणका क्रममा यस्तो लापरबाही फेला पारेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उक्त खाद्य कम्पनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

    images
    images

    अनुगमनका क्रममा कम्पनीको चामल भण्डारण गोदाममा चरम अस्वस्थकर वातावरण र गम्भीर त्रुटिहरू पाइएका छन् । टोलीले अनुगमन गर्दा मुसाले खाएर डल्ला परेको २५ केजी दरका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा पुनः प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त चामलमा साना–साना डल्ला (चिलिसा) परेको र ती डल्लाभित्र जैविक पदार्थ (किरा वा जीवहरू) समेत फेला परेका थिए । यसका साथै चामलको बोरामा ब्याच नम्बर र मूल्य उल्लेख नगरी बिक्री वितरण भइरहेको, भण्डारण कक्षको तापक्रम अत्यधिक बढी रहेको, गोदाममा सरसफाइको अभाव तथा मुसा नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको र पूर्ण लेबल विवरणसमेत उल्लेख नगरिएको अनुगमनका क्रममा पाइएको छ ।यस गम्भीर लापरबाहीपश्चात् अनुगमन टोलीले उत्पादन मिति २०८१ चैत १५ गते र उपभोग्य अवधि २ वर्ष रहेको उक्त २५ केजी दरका ३९ बोरा ‘स्टिम जिरा मसिनो चामल’ लाई अर्को निर्देशन नभएसम्मका लागि बिक्री वितरणमा पूर्ण रोक लगाएको छ । 

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उक्त चामलको गुणस्तर परीक्षणका लागि प्रयोगशालामा नमुना सङ्कलन गरी पठाइएको छ र परीक्षणको प्रतिवेदन आएपछि थप आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend