images

२०८३ आश्विन २३ गते

images
images
images

धन्तेरसको दिन भारतमा ६० हजार करोडको किनमेल, सुनको मात्रै २० हजार करोड

धन्तेरसको दिन भारतमा ६० हजार करोडको किनमेल, सुनको मात्रै २० हजार करोड

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । धन सम्पत्ति जोड्ने दिनको रुपमा लिइने धन्तेरसको अवसरमा भारतभर ६० हजार करोड भारतीय रुपैयाँ बराबरको किनमेल भएको आकलन गरिएको छ ।भारतका व्यापारीहरूको संगठन कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (सीएआईटी)ले मंगलबार धन्तेरसको दिन ६० हजार करोड बराबरको किनमेल भएको आकलन गरेको हो ।

    images
    images

    यसैगरी सुन मात्रै देशव्यापी रुपमा २० हजार करोड भारु बराबरको किनमेल भएको सीएआईटीले आकलन गरेको छ । यस्तै २ हजार ५ सय करोड बराबरको चाँदी विक्री भएको आकलन गरिएको सीआईटीका महासचिव प्रविण कन्देलवाल बताएका छन् ।यस्तै सीएआईटीको सुनचाँदी महासंघले भने धन्तेरसको अवसरमा उच्च रुपमा देशभर सुन र चाँदीको माग भएको महासंघका अध्यक्ष पंकज अरोराले बताएका छन् । सुनको मूल्य वृद्धि भए पनि धन्तेरसको दिन यसको विक्री बढेको बताइएको छ ।

    यसैबीच यस वर्षको धन्तेरसमा २० हजार करोडको २५ टन सुन देशभर विक्री भएको र २ हजार ५ सय करोडको २५० टन चाँदी विक्री भएको बताइएको छ ।यसवाहेक राजधानी दिल्लीका मुख्य व्यापारिक केन्द्र चाँदनी चोक, दरिबा कलान, सदर बजार, कमला नगर, अशोक बिहार, मोडेल टाउन, पिताम्पुरा, पश्चिम बिहार, रोहिनी, रजौरी गार्डेन, द्वार्का, जनकपुरी लगायतका बजारमा व्यापक रुपमा सुन तथा गहनाको व्यापार वृद्धि भएको बताइएको छ ।

    images
    images

    हिन्दु पूर्वीय धार्मिक मान्यता अनुसार धन्तेरससँगै तिहारको सुरुवात हुन्छ । हिन्दु परम्परा अनुसार पाँच दिनसम्म मनाइने तिहारलाई विशष पर्वको रुपमा लिइन्छ । र यसको पहिलो दिन नै धन्तेरशबाट सुरु भएको मानिन्छ ।यस दिन विशेषगरी धन दौलत तथा सम्पत्तिका भगवानको रुपमा चिनिने कुवेर, स्वास्थ्य र आयुर्वेदका भगवानको रुपमा चिनिने धनवान्तरी र देवी लक्ष्मीको विशेष पूजा आराधना गरिन्छ ।

    लक्ष्मीलाई भने धन र समृद्धिको प्रतिकको रुपमा लिइन्छ । आम रुपमा हिन्दु समुदायमा यस दिनलाई सुन र चाँदी खरिद गर्ने दिनको रुपमा पनि लिने गरिन्छ । यससँगै मानिसहरुले धन, सुद्धता र भाग्योदयको प्रतीकको रुपमा भाँडाकुँडा र कुचो पनि खरिद गर्छन् ।धन्तेरस दीपावलीभन्दा पहिले नै सुरु हुन्छ । जसलाई जसलाई सामान्यतया नरका चतुर्दशी पनि भनिन्छ। कार्तिक कृष्ण पक्षको तेह्रौं दिनमा यो पर्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend