images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • तिहारमा २० करोड रूपैयाँसम्मकाे अम्रिसाे कुचो...

तिहारमा २० करोड रूपैयाँसम्मकाे अम्रिसाे कुचो बिक्री हुन्छ: संघ

तिहारमा २० करोड रूपैयाँसम्मकाे अम्रिसाे कुचो बिक्री हुन्छ: संघ

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं ।  नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले तिहारमा मात्रै १५ देखि २० करोड रूपैयाँसम्मको अम्रिसो कुचो खपत हुने बताएका छन् ।धनतेरसकाे  दिन सुनचाँदी, तामाका भाडा, बेसार, धनियाँ तथा कुचाे किनेर लक्ष्मीपूजा गर्ने प्रचलन रहेकाले तिहारमा धेरै कुचाे बिक्री हुने गरेकाे कार्कीले जनाए ।

    images
    images

    कुल बिक्रीमध्ये ४० प्रतिशत कुचो काठमाडौं उपत्याकामा मात्रै खपत हुने गरेको कार्कीले बताए । ‘सबैभन्दा धेरै काठमाडौंमा बिक्री हुन्छ, त्यसपछि पोखरा विराटनगरजस्ता ठूला शहरहरुमा कुचो खपत हुन्छ,’ उनले भने । कुचाे तथा झाडुले नकरात्मक ऊर्जालाइ धपाएर सकरात्मक ऊर्जा सिर्जना गर्ने भएकाले तिहारमा कुचाे धेरै बिक्री हुने कार्कीको भनाइ छ । यस वर्षकाे तिहारमा कुचाे प्रतिगाेटा ४५ रूपैयाँदेखि ४ सय रूपैयाँसम्म कारोबार भइरहेको उनले बताए ।

    नेपालमा तिहारकाे बेला अत्यधिक खपत हुने कुचाे अन्यबेला भारत निर्यात हुने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ३३ करोड ७ लाख रूपैयाँको कुचो निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको साेही अवधिमा कुचो निर्यात घटेको विभागको तथ्यांकले देखाउँछ ।

    images
    images

    गत आर्थिक वर्षको तीन महिनामा ३६ करोड ७३ लाख रूपैयाँको कुचो निर्यात भएको थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४२ लाख ७७ हजार २५० किलो कुचो निर्यात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ३० लाख ६२ हजार १९० किलो कुचो निर्यात भएको थियो । नेपाली कुचोको बजार भारत मात्रै रहेको छ । नेपालमा पनि सबैभन्दा धेरै कुचो तिहारमा खपत हुने गरेको छ ।

    आर्थिक वर्ष ०७१/७२ देखिको तथ्यांक विश्लेषण गर्दा गत आर्थिक वर्ष सबैभन्दा बढी कुचो निर्यात भएको थियो । गत आर्थिक वर्ष १ अर्ब ३२ करोड ५२ लाख रूपैयाँको कुचो भारत निर्यात भएको विभागले जनाएको छ । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने नेपाल कुच्चो संघले जनाएको छ  । उत्पादित २५ प्रतिशत कुचो देशभित्रै खपत हुने संघका अध्यक्ष कार्कीले बताए । संघले १ प्रतिशत कुचो बंगलादेश निर्यात हुने बताए पनि आर्थिक वर्ष ०७८/७९ यता भारतमा मात्रै कुचो निर्यात भइरहेको विभागको तथ्यांकले देखाउँछ ।

    संघका अनुसार इलाम, पाँचथर, संखुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, पाल्पामा बढी अम्रिसो उत्पादन हुन्छ  । दूध व्यवसायमा लागेकाहरूले घाँसका लागि, बाढी, पहिरो, भूक्षय रोक्ने भएकाले पालिकाहरूले कुचो रोप्न थालेकाले पछिल्लो समय कुचो खेती दिनप्रतिदिन बढिरहेको कार्कीले बताए । भारतमा अर्धप्रशोधित कुचो निर्यात भइरहेको कार्कीले प्रस्ट्याए  ।

    आर्थिक वर्ष ०७९/०८० मा १ अर्ब ८८ लाख रूपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो । विभागका अनुसार आर्थिक वर्ष ०७८/७९ मा ६९ करोड ९८ लाख रूपैयाँ बराबरको कुचो भारतमा मात्रै निर्यात भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रूपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रूपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रूपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।

    आर्थिक वर्ष ७६/७७ मा बंगलादेश र भारतमा गरी ५५ करोड ७४ लाख रूपैयाँ बराबरको कुचो निर्यात भएको थियो । आर्थिक वर्ष ७५/७६ मा भारत र बंगलादेशमा कुल ४० करोड ५७ लाख ३९ हजार रूपैयाँ बराबरको कुचो निर्यात गरेको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७४/७५ मा ५ करोड २९ लाख रूपैयाँ बराबरको कुच्चो निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७१/७२ मा १२ करोड २९ लाख रूपैयाँ बराबरको कुचो निर्यात भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend