images

२०८३ आश्विन २३ गते

images
images
images

भाइमसलाको मूल्य २५ प्रतिशतसम्म बढ्यो, ३ महिनामै भित्रियो झण्डै साढे १ अर्बको आयात

भाइमसलाको मूल्य २५ प्रतिशतसम्म बढ्यो, ३ महिनामै भित्रियो झण्डै साढे १ अर्बको आयात

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौँ । तिहारमा प्रयोग हुने सबैजसो वस्तु महँगिएको छ । कोभीड महामारी प्रभाव कम हुँदै जाँदा नागरिकहरू यो तिहार अघिल्लो वर्षभन्दा राम्ररी मनाउने योजनामा छन् । 

    images
    images

    यसैकारण माग बढेपछि सबैजसो वस्तुको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । नेपाल–चीन नाकामा समस्या, कच्चा पदार्थ अभाव र माग बढेपछि तिहारमा सबैभन्दा बढी कारोबार हुने भाइमसलाको मूल्य बढेको हो ।

    हाल बजारमा भाइमसलाले पनि बजार तताइसकेको छ । प्रमुख चोकदेखि गल्लीसम्म अहिले भाइमसलामा प्रयोग हुने ड्राइफ्रुटको बग्रेल्ती अस्थायी पसल थापेर बिक्री हुन थालेको छ ।

    images
    images

    नेपाल खुद्रा व्यापार संघका अनुसार यो वर्ष भाइमसलामा प्रयोग हुने विभिन्न प्रकारको ड्राइफ्रुटको मूल्य बढेकाले गत वर्षको तुलनामा १० देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ ।

    महासंघको अनुसार यो वर्ष बजारमा काजुको आकार र गुणस्तरअनुसार प्रतिकिलो २२ सयदेखि २५ सयसम्म मूल्य तोकिएको छ । यस्तै किसमिसलाई ६ सयदेखि ७ सय रुपैयाँ, आलमण्ड (बदाम) लाई १६ सयदेखि १७ सयसम्म, छोकडालाई ५ सयदेखि ५ सय ५०, पेस्ता २ हजारदेखि २२ सय र नरिवललाई ६ सयदेखि ७ सयसम्म प्रतिकिलो मूल्य तोकिएको छ ।

    बाटोघाटोको असुविधाका कारण गत वर्षको तुलनामा काजुमा २५ प्रतिशतसम्म मूल्य बढेको छ । यस्तै आलमण्ड (बदाम) मा २० प्रतिशत र अन्यमा १० प्रतिशतले मूल्य बढेको छ ।बज्राचार्यका अनुसार वर्षभर कारोबार हुने ड्राइफ्रुटको व्यापारमध्ये तिहारदेखि भाइटिकासम्म ८० प्रतिशतले हुन्छ । बाँकी २० प्रतिशत वर्षभर कारोबार हुन्छ ।

    ३ महिनामा १ अर्ब ५२ करोडको ड्राई फ्रुट आयात

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ३ महिना (साउनदेखि असोज) को अवधीमा १ अर्ब ५२ करोड ६४ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ४८ लाख २९ हजार ९ सय ६३ किलो ड्राई फ्रुट विभिन्न मुलुकबाट आयात भएको छ । गत आर्थिक बर्ष २०८०/८१ मा २ अर्ब ७२ करोड ७ लाख रुपैयाँबराबरको २ करोड २ लाख २४ हजार ८ सय ५३ किलो आयात भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend