images

२०८३ आश्विन १९ गते

images
images
images

तीन दिनमा थपिए एक हजारभन्दा बढी डेंगु सङ्क्रमित

तीन दिनमा थपिए एक हजारभन्दा बढी डेंगु सङ्क्रमित

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार तीन दिनमा एक हजार ५९ जना डेंगुका बिरामी थपिनुका साथै एक जनाको मृत्यु भएको छ ।

    images
    images

    योसँगै डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २१२ पुग्नुका साथै १२ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक ७६ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

    ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की र काठमाडौँमा सबैभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । दाहालका अनुसार कास्कीमा सात हजार १६१, काठमाडौँमा चार हजार ३१३, तनहुँमा दुई हजार २२६, पर्वतमा एक हजार ६७७, चितवनमा एक हजार ९९, बागलुङमा ९५५, गोरखामा ८२७, भक्तपुरमा ८२४, कैलालीमा ४३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो ।

    images
    images

    प्रदेशअन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा १३ हजार ८९८, बागमती प्रदेशमा नौ हजार १३२, कोशी प्रदेशमा एक हजार ७४२ जनामा डेंगु पुष्टि भएको छ ।

    यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार ४४५, सुदूरपश्चिम प्रदेशमा एक हजार १९८, कर्णाली प्रदेशमा ३१९ र मधेश प्रदेशमा ४८७ जनामा डेंगु पुष्टि भएको छ । अझ एक महिना डेंगुको जोखिम कायम रहेकाले सचेत रहन डा.दाहालले आग्रह गर्नुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend