images

२०८३ आश्विन १७ गते

images
images
images

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै

राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारसम्बन्धी इजाजतपत्र खारेजी प्रक्रियामा रहेको जनाएको छ ।राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को व्यवस्था अनुसार मनिचेञ्जर कारोबार बन्द गर्न निवेदन दिएको जनाएको हो ।

    images
    images

    सूचनाअनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्ने निर्णय गरेपछि प्रचलित विनियमावलीको विनियम २२ बमोजिम इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो ।राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कसैको लेनदेन, दाबी वा अन्य कुनै सरोकार भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंक धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend