images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । ७९ दिनको लागि  ७० अर्ब  निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत उक्त निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेपको व्यजदर भने बोलकबोलको मध्यमबाट हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।

    images
    images

    निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् । निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि भादै २६ गतेलाई तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend