images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति १९.५१% बढ्यो,...

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति १९.५१% बढ्यो, हिमालयन बैंकमा सबैभन्दा बढी

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति १९.५१% बढ्यो, हिमालयन बैंकमा सबैभन्दा बढी

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्मको तथ्याङ्कअनुसार, स्ट्यान्डर्ड चार्टर्डबाहेकका १९ वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ३८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ मात्र थियो।

    images
    images

    यो अवधिमा १२ वटा बैंकको यस्तो सम्पत्ति बढेको छ भने ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकसहित ७ वटाले यस्तो सम्पत्ति घटाउन सफल भएका छन्। यो अवधिमा प्राइम कमर्सियल र एनएमबि बैंकको गैरबैंकिङ सम्पत्तिमा उच्च वृद्धि देखिएको छ।चालु आर्थिक वर्षको वैशाखसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा थुप्रिएको छ। गत वर्षको तुलनामा १८.०९ प्रतिशतले वृद्धि भई यस बैंकमा ६ अर्ब ५ करोड ७५ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति जम्मा भएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकमा ५ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । यो गत वर्षभन्दा ०.९४ प्रतिशतले कम हो। तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकमा भने अघिल्लो वर्षको भन्दा ११०.८६ प्रतिशतले बढेर ४ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। अर्कोतर्फ, नेपाल बैंकमा सबैभन्दा कम २३ करोड ३६ लाख रुपैयाँ बराबरको मात्र गैरबैंकिङ सम्पत्ति रहेको छ । जुन गत वर्षको तुलनामा १४.४७ प्रतिशतको बढी हो।

    कुन बैंकमा कति ?

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend