images

२०८३ आश्विन १६ गते

images
images
images

दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट

दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • सुर्खेत । दैलेखको दुल्लू नगरपालिकाले १ अर्ब ५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाले १ अर्ब ५ करोड ७० लाख ४९ हजार ८९५ रुपैयाँको बजेट ल्याएको हो ।जसमध्ये चालुतर्फ ७८ करोड ८८ लाख ५ हजार अर्थात् कुल बजेटको ७४.६२ प्रतिशत विनियोजन गरिएको छ भने विकासतर्फ २६ करोड ६२ लाख ४४ हजार अर्थात् २५.३८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    images
    images

    खर्च बेहोर्ने स्रोतमा भने यो नगरपालिका पूर्ण रुपमा सङ्घीय र प्रदेश सरकारमा निर्भर रहेको छ । १ अर्ब बढी बजेट ल्याएको यो नगरपालिकाको आफ्नो आन्तरिक स्रोतको हिस्सा जम्मा १ करोड २० लाख मात्रै राखिएको छ । नगरपालिकाका वरिष्ठ लेखा अधिकृत खगेन्द्र आचार्यका अनुसार, आन्तरिक आयको प्रमुख स्रोत घरजग्गा रजिष्ट्रेशन एवं दहत्तर बहत्तर शुल्क मात्रै हो ।सङ्घीय राजस्व बाँडफाँटबाट १२ करोड १६ लाख ७९ हजार, कर्णाली प्रदेश सरकार राजस्व बाँडफाँटबाट ३३ लाख ६५ हजार, दुई तहकै सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ६२ करोड खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।

    यस्तै सडक बोर्ड नेपालबाट ५० लाख र बाँकी चालु आर्थिक वर्षको खर्च नभएर बचत५ करोड ४० लाख ५ हजार र अन्तरसरकारी अख्तियारीबाट २४ करोड १० लाख रुपैयाँ खर्च बेहोर्ने स्रोतमा राखिएको छ ।नगपालिकाले विनियोजित बजेटमध्ये ३ करोड ३७ लाख ५० हजार आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्रमा ७० करोड ८ लाख ५५ हजार, पूर्वाधार विकास क्षेत्रमा १८ करोड ७० लाख ४४ हजार, सुशासन तथा संस्थागत विकासमा १ करोड १५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन २८ लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्च. १२ करोड ११ लाख रकम विनियोजन गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend