images

२०८३ आश्विन १६ गते

images
images
images

११ महिनामै नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब, आयातको दबाब बढ्दो

११ महिनामै नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब, आयातको दबाब बढ्दो

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं- चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो।भन्सार विभागका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। चालू वर्षमा आयात र निर्यात दुवै बढे पनि आयातको वृद्धिदर उच्च रहेकाले व्यापार असन्तुलन थप गहिरिएको देखिएको छ।समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो।

    images
    images

    निर्याततर्फ भने १२.२८ प्रतिशतको वृद्धि देखिएको छ। ११ महिनामा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।तथ्यांकअनुसार आयात–निर्यात अनुपात पनि थप असन्तुलित बनेको छ। अघिल्लो वर्ष ६.६४ रहेको यो अनुपात चालू वर्षमा बढेर ६.८१ पुगेको छ। अर्थात् प्रत्येक १ रुपैयाँको निर्यात हुँदा नेपालले करिब ६.८ रुपैयाँ बराबरको आयात गरिरहेको अवस्था छ।कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशतबाट घटेर १२.८० प्रतिशतमा झरेको छ भने आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.७८ प्रतिशतले बढी हो।अर्थविद्हरूका अनुसार आयातमुखी अर्थतन्त्र, सीमित उत्पादन क्षमता, कमजोर औद्योगिक विस्तार तथा निर्यातयोग्य वस्तुको अभावका कारण व्यापार घाटा निरन्तर बढिरहेको छ। निर्यातमा सुधार देखिए पनि आयातको तुलनामा त्यो पर्याप्त नभएकाले वैदेशिक व्यापार संरचना अझै आयात–केन्द्रित रहेको तथ्यांकले देखाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend