images

२०८३ आश्विन १६ गते

images
images
images

एकै वर्ष आरती स्ट्रिप्सले गर्यो साढे १८ अर्ब रुपैयाँको कारोबार

एकै वर्ष आरती स्ट्रिप्सले गर्यो साढे १८ अर्ब रुपैयाँको कारोबार

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौं । आरती स्ट्रिप्सले एकै वर्ष साढे १८ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२४ मा १४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा १४ अर्ब १२ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा २७ प्रतिशतले वृद्धि भएको छ ।गत आवमा ४१ प्रतिशतले बढी परिमाणमा बिक्री हुँदा कारोबारमा उल्लेख्य वृद्धि भएको जनाएको छ । कम्पनीले सन् २०२४ मा १ लाख १४ हजार ९ सय ११ मेट्रिक टन स्टिलजन्य सामग्री बिक्री गरेको थियो ।

    images
    images

    गत आवमा कम्पनीले १ लाख ६१ हजार ९ सय ४ मेट्रिक टन सामग्री बिक्री गरेको छ । कम्पनीअनुसार गत आवमा भारतमा उच्च निर्यात हुँदा कारोबारमा वृद्धि भएको रेटिङमा उल्लेख गरेको छ ।कम्पनीको कारोबार गत आवमा बढेपनि सञ्चालन नाफा भने प्रति मेट्रिक टनमा कमी आएको छ ।सन् २०२४ मा प्रति मेट्रिक टनमा १५ हजार ३ सय ८ रुपैयाँ सञ्चालन नाफा हुँदै आएकोमा गत आवमा घटेर १० हजार ९ सय ७४ रुपैयाँ मात्रै सञ्चालन नाफा भएको जनाएको छ । गत आवमा आन्तरिक तथा निर्यातमा औसम मूल्यमा कमी आउँदा सञ्चालन नाफा पनि कमी आएको उल्लेख छ ।कम्पनीले गत आवमा सञ्चालन नाफा मार्जिन ९.६४ प्रतिशत गरेको छ । सन् २०२४ मा १२.१० प्रतिशत गरेको थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा कम्पनीले ८ अर्ब १४ करोड ७० लाख रुपैयाँको कारोबार गरिसकेको छ । कम्पनीको गत आवमा ऋण–इक्विटी अनुपात ०.६० गुणामा कायम रहेको छ ।

    सन् २०२४ मा ०.७० गुणा थियो । कम्पनीअनुसार गत आवमा निर्धारित ऋण–भुक्तानी तथा नाफालाई सञ्चित कोषमा थप गरिएको कारणले ऋण–इक्विटी अनुपातमा सुधार आएको उल्लेख छ ।कम्पनीको कुल गियरिङ अनुपात गत आवमा १.९४ गुणामा मध्यम स्तरमै रहेको छ । सन् २०२४ मा १.६३ गुणाको तुलनामा केही कमजोर भएको छ । कम्पनीको ब्याज कवरेज अनुपात गत आवमा २.१८ गुणामा रहेको छ । कुल ऋण तथा कुल नगद सञ्चिती अनुपात १२.९५ गुणाबाट बढेर गत आवमा १६.५३ गुणा पुगेको छ ।सन् २००१ मा स्थापना भएको कम्पनीले विराटनगरमा उद्योग स्थापना गरी जस्तापाता उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ४ लाख ७३ हजार मेट्रिक टन क्षमतामा स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

    images
    images

    कम्पनीले आरती स्पेक्ट्रा ब्रान्डमा कलर कोटेट सिट्स, आरती सुरक्षा ब्रान्डमा गाल्भनाइज्ड सिट्स एन्ड एमएस पाइप र आरती सिल्भर ब्रान्डमा गाल्भालुम सिट्सको बिक्री वितरण गर्दै आएको छ ।कम्पनीको देशभर २ सय डिलर छन् । विशाल गुप्ता निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १५ अर्ब ६७ करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ । उक्त कर्जा ११ अर्ब ७६ करोड ९४ लाख रुपैयाँबाट बढेको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ११ अर्ब ७० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

    कम्पनीलाई क्रेडिट रेटिङ केयरएजले प्लेस्ड अन क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशनको रेटिङ दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend