images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले ११ वाणिज्य बैंकमा गर्‍यो...

राष्ट्र बैंकले ११ वाणिज्य बैंकमा गर्‍यो विशेष निरीक्षण, नेपाल बैंकमा ५ पटक निगरानी

राष्ट्र बैंकले ११ वाणिज्य बैंकमा गर्‍यो विशेष निरीक्षण, नेपाल बैंकमा ५ पटक निगरानी

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ् क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन गत आर्थिक वर्ष २०८१/८२ मा ११ वटा वाणिज्य बैंकहरूमा विशेष निरीक्षण गरेको छ।

    images
    images

    केन्द्रीय बैंकले बैंकहरूको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, कर्जा प्रवाह, सुशासन तथा नियामकीय व्यवस्थाको पालना भए–नभएको मूल्याङ्कन गर्न यो कदम चालेको हो। यस प्रक्रियामा नेपाल बैंकमा सबैभन्दा बढी ५ पटक विशेष निरीक्षण गरिएको छ भने हिमालयन बैंक र प्रभु बैंकमा ३–३ पटक तथा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकमा २–२ पटक निरीक्षण गरिएको छ। यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कृषि विकास बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा १–१ पटक विशेष निरीक्षण गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend