images

२०८३ आश्विन १६ गते

images
images
images

थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट

थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार सम्पन्न थाहा नगर सभाको २१औँ अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेस गरेका हुन् ।उनले पेस गरेको बजेट पेस भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णुबहादुर विष्टले निर्णयार्थ पेस गरेका थिए । उक्त बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो ।थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विभिन्न कार्यक्रम तथा विकासका लागि विनियोजन गरेको ९० करोड ९७ लाख ४४ हजार रुपैयाँ सङ्घीय सरकारबाट समानीकरण अनुदान १२ करोड ४३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ३ लाख रुपैयाँ, सशर्त अनुदान ३१ करोड २८ लाख रुपैयाँ, राजस्व बाँडफाँड ११ करोड १० लाख ९१ हजार रुपैयाँ र दहत्तर बहत्तर १ करोड ५० लाख रुपैयाँसहित कुल ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।

    images
    images

    त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड, ४० लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार रुपैयाँ र राजस्व बाँडफाँड ५ करोड ७४ लाख १३ हजार रुपैयाँ गरी जम्मा १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने उपमेयर गोपालीले बताए । नगरपालिकाले आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण तथा स्रोत व्यवस्थापनमार्फत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको उनले बताए ।

    आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend