images

२०८३ आश्विन १६ गते

images
images
images

गोरखामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण

गोरखामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण

images
images
सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • गोरखा, ८ असार । गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब रु दुई करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ । 

    images
    images

    गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।”

    शिखरशैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राणप्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने अध्यक्ष उनकोे भनाइ छ । उनका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४१७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि अधिकार प्राप्त भएको छ।

    images
    images

    मन्दिर परिषद्मा ध्यानकेन्द्र, स्थानीय जातका गौशाला, धर्मशाला, प्रवचनकक्ष, निर्माण गर्ने तयारी भइरहेको छ । त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको उनले बताएका छन् ।

    मन्दिरलगायत मन्दिर परिसरमा भौतिक संरचना निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आर्थिक सहयोग प्राप्त भएको छ । मन्दिर निर्माणका लागि अन्य सङ्घ संस्था र दाताहरुसँग आर्थिक सहयोग भने नलिएको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend