images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • केवल ३३ खेलमै विश्वकपमा १०० गोल,...

केवल ३३ खेलमै विश्वकपमा १०० गोल, ६८ वर्ष पुरानो रेकर्ड तोडियो

केवल ३३ खेलमै विश्वकपमा १०० गोल, ६८ वर्ष पुरानो रेकर्ड तोडियो

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • एजेन्सी । फिफा विश्वकप २०२६ मा ६८ वर्षयताकै सबभन्दा छिटो १०० गोलको कीर्तिमान बनेको छ । मात्र ३३ खेलमा यो सफलता हासिल भएको छ ।मेक्सिकोका जुलियन क्विनोनेसले जुन १२ मा दक्षिण अफ्रिका विरुद्धको २–० को जितमा यस विश्वकपको पहिलो गोल गरेका थिए । आइतबार स्विडन विरुद्धको ५–१ को जीतमा नेदरल्यान्ड्सको तेस्रो गोल गर्दै कोडी गाक्पोले यस वर्षको प्रतियोगिताको १००औं गोल गरे ।मात्र ३३ खेलमा १०० गोल पुग्नु ६८ वर्षयताकै उत्कृष्ट प्रतियोगिता रेकर्ड हो । यसले सन् १९८२ र २०१४ मा कायम गरिएको ३६ खेलको कीर्तिमानका साथै १९७८ र १९९४ मा १०० गोल पुग्न लागेको ३८ खेलको कीर्तिमानलाई तोडेको छ ।

    images
    images

    अहिलेसम्मकै कीर्तिमान भने पश्चिम जर्मनीले जितेको सन् १९५४ को स्विट्जरल्यान्डमा भएको प्रतियोगिताको नाममा छ । त्यहाँ १०० गोलको आँकडा पार गर्न मात्र २० खेल लागेको थियो ।यसका साथै नेदरल्यान्ड्स फिफा विश्वकपको इतिहासमा १०० गोलको कोशेढुंगा पार गर्ने आठौं टोली बन्दै विशिष्ट समूहमा सामेल भएको छ । खेल सुरु भएको पाँच मिनेटभित्रै, नेदरल्यान्ड्सले सपना जस्तै सुरुवात ग-यो । ब्रोबीले गाक्पोको उत्कृष्ट क्रसलाई गोलमा परिणत गरे ।यसपछि १७औं मिनेटमा ब्रोबीले दोस्रो गोल गरे । त्यो विश्वकपमा नेदरल्यान्ड्सको १००औं गोल थियो र यो एक ऐतिहासिक प्रहार बन्यो ।साथै, मो

    न्टेरे स्टेडियममा भएको समूह एफको जापान र ट्युनिसियाबीचको खेल फिफा विश्वकप इतिहासको १ हजारौं खेल बन्यो ।‘१ हजारौं खेलले दीर्घायु र फुटबल तथा फिफा विश्वकपप्रतिको मानवताको अटुट प्रेमलाई झल्काउँछ । तर, यो फुटबलको अवरोधहरू तोड्ने र समुदाय तथा राष्ट्रहरूलाई एकताबद्ध गर्ने अनुपम क्षमताको प्रमाण पनि हो,’ फिफाले भन्यो ।उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ मा ४८ सहभागी देशहरू छन् जसलाई १२ समूहमा विभाजन गरिएको छ ।प्रत्येक समूहका शीर्ष दुई टोलीहरूका साथै आठ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend