images

२०८३ आश्विन १८ गते

images
images
images

सीईओको तलब घटाउने दिशामा राष्ट्र बैंक, नयाँ मार्गदर्शन जारी

सीईओको तलब घटाउने दिशामा राष्ट्र बैंक, नयाँ मार्गदर्शन जारी

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा कडाइ गरेको छ । यस्तो सुविधामा राष्ट्र बैंकले सीमा तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ ।उक्त मार्गदर्शनअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाका सीईओको पारिश्रमिक सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसको आधारमा मात्र निर्धारण गर्नु पर्नेछ । वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ ।  यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत र कुल सम्पत्तिको ०.०२५ प्रतिशतसम्म तलब तथा भत्ता पाउन सक्ने व्यवस्था थियो ।

    images
    images

    त्यस्तै, विकास बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन वर्षको औसत कर्मचारी खर्चको अधिकतम ३ प्रतिशत तथा अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०२० प्रतिशतसम्म निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ । फाइनान्स कम्पनीका सीईओको तलब तथा सुविधा कुल सम्पत्तिको ०.१० प्रतिशत र लघुवित्त वित्तीय संस्थाका सीईओको ०.०५० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ ।प्रमुख कार्यकारी अधिकृतको तलब निर्धारण गर्दा निजको आधारभूत तलबमान (बेसिक पे स्केल), वार्षिक ग्रेड वृद्धि हुने÷नहुने तथा आधारभूत तलबमान पुनरावलोकन नहुने सम्बन्धी व्यवस्था सम्झौता पत्रमा स्पष्टरुपमा उल्लेख गर्नु पर्नेछ ।इजाजतपत्रप्राप्त संस्था र प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौतामा प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गर्ने निश्चित वार्षिक तलब तथा भत्ता आवधिकरुपमा पुनरावलोकन गर्ने व्यवस्था भएमा पुनरावलोकन गर्दा यस बैंकले प्रकाशन गर्ने मुद्रास्फीति (पुनरावलोकन अवधिको औसत मुद्रास्फीति)को आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend