images

२०८३ आश्विन १६ गते

images
images
images

मुस्ताङ भन्सारबाट ११ महिनामा सात अर्ब ६६ करोड राजस्व संकलन

मुस्ताङ भन्सारबाट ११ महिनामा सात अर्ब ६६ करोड राजस्व संकलन

images
images
आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल-चीन उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व संकलन गरेको हो।कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल-चीन उत्तरी कोरला नाकाबाट रु १३ अर्ब ८९ करोड ५२ लाख मूल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी रु २० करोड ५५ लाख ७४ हजार मूल्य बराबरको मालवस्तु भन्सार जाँच पास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए। उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

    images
    images

    गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँच पास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ। भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व संकलन भएको छ।गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो । कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम रु सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी रु दुई अर्ब ४९ करोड २५ लाख राजश्व संकलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिए।कोरला नाकाबाट विद्युतीय सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ता चप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन्। यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend