images

२०८३ आश्विन २३ गते

images
images
images

यातायात व्यवस्था कार्यालय हेटौँडाले तीन महिनामा उठायो २२ करोड ८१ लाख राजस्व

यातायात व्यवस्था कार्यालय हेटौँडाले तीन महिनामा उठायो २२ करोड ८१ लाख राजस्व

images
images
सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • काठमाडौं । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व  सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट २ करोड ७४ लाख ६४ हजार ९ सय ५१ रुपैयाँ, सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ५८ लाख ७२ हजार ४८ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख २ हजार ५ सय ५३ रुपैयाँ तथा बेरुजुबाट ८ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

    images
    images

    यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । 

    यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७  नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । 

    सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend