images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • देशभरका ६३ उद्योग कारबाहीमा, बक्यौता उठाउन...

देशभरका ६३ उद्योग कारबाहीमा, बक्यौता उठाउन लिमिटेडको कडा कदम

देशभरका ६३ उद्योग कारबाहीमा, बक्यौता उठाउन लिमिटेडको कडा कदम

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा तथा महसुल नबुझाउने ६३ वटा उद्योगमाथि कडा कारबाही सुरु गरेको छ। सरकारी जग्गा, भवन र औद्योगिक पूर्वाधार प्रयोग गरेर पनि रकम भुक्तानी नगरेका यी उद्योगहरूको बिजुली र पानीको लाइन बुधबारदेखि काटिएको हो।लिमिटेडका अनुसार यसरी कडा कदम चालेकै पहिलो दिन बक्यौता रहेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ असुली भएको छ।कारबाहीमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग परेका छन् । त्यहाँका बालाजु अटो वक्र्स, गुराँस इन्जिनियर्स, बालाजु अटो क्लिनिक, आरके प्लास्टिक, उत्सव प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप, पूजा इन्टरनेसनल, जयहनुमान फुड, उडेन एसोसिएसन एन्ड स्पोर्ट्स, जेनस इन्जिनियरिङ, मोहित स्पाइसेज एन्ड फुड प्रोडक्ट्सलगायतका उद्योगको लाइन काटिएको छ ।

    images
    images

     देशभरका १० वटा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले लामो समयदेखि भाडा र सेवा शुल्क नतिरेपछि लिमिटेडले कारबाही प्रक्रिया अघि बढाएको छ। यस कारबाहीमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग परेका छन्। जसमा बालाजु अटो वक्र्स, गुराँस इन्जिनियर्स, बालाजु अटो क्लिनिक, आरके प्लास्टिक, उत्सव प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप, पूजा इन्टरनेसनल, जयहनुमान फुड, उडेन एसोसिएसन एन्ड स्पोर्ट्स, जेनस इन्जिनियरिङ, र मोहित स्पाइसेज एन्ड फुड प्रोडक्ट्सलगायतको लाइन काटिएको छ।यसरी कारबाही तीव्र पारिएकै अवस्थामा आफ्नो बक्यौता रकम बुझाउन आएका ८ वटा उद्योगको भने तत्कालै विद्युत् तथा पानीको लाइन पुनः जडान गरिएको छ।

    त्यस्तै,बालाजु औद्योगिक क्षेत्रकै काठमाडौं डोमेस्टिक सप्लाइज, ग्लो इन्टरनेसनल, गोकुल इन्डस्ट्रिज, कर्मचारी प्लास्टिक उद्योग, मनोज प्रिन्टिङ हाउस, नेपाल पेन्ट्स, नेपाल म्याग्नी इन्जिनियरिङ उद्योग, पब्लिक एसेट, त्रिकोण मेटल इन्डस्ट्रिज, त्रिकोण बेभरेज, तुलिप प्रोडक्ट्स र सूर्य सनसाइनको पनि विद्युत् तथा पानी काटिएको छ।यसैगरी हेटौंडा औद्योगिक क्षेत्रका १३ वटा उद्योगहरू कारबाहीको दायरामा आएका छन् । जसमा प्रतिक उडान ट्रिटमेन्ट, सहयात्री जिप उद्योग, फेसन पेन्ट्स उद्योग, सी एभरेष्ट एन्ड काइफु नेपाल, युनिक प्लास्टिक उद्योग, नोवेल प्याकेजिङ, सूर्य पेन्ट्स एन्ड केमिकल, नेपाल रोटो प्रिन्टिङ एन्ड प्याकेजिङ, भुवनेश्वर प्लास्टिक, हेटौंडा इन्जिनियरिङ वर्क्स, गोदावरी प्लास्टो क्राफ्ट इन्जिनियरिङ, सञ्जिवनी अक्सिजन र साउथ एसियन पोलिपाइप रहेका छन्। यसका साथै पाटन औद्योगिक क्षेत्रका ७ उद्योगहरूको पनि लाइन काटिएको छ। जसमा बिल्डिङ मटेरियल, नेप्लिज ह्यान्डिक्राफ्ट, सरस्वती टेक्सटायल, हिमालयन क्राफ्ट, भैरवनाथ आइरन, अनुज मेटल र ललितपुर कलात्मक उद्योग परेका छन्।

    images
    images

    पोखरा औद्योगिक क्षेत्रका पन्थी इन्डस्ट्रिज, ग्लोबल केवल, विनित मेटल उद्योग, ए वान ब्लक उद्योग र पोखरा कपास गरी ५ वटा उद्योगको लाइन काटिएको छ।यसैगरी बुटवलका ओसिन पावर, दुर्गालक्ष्मी इन्जिनियरिङ, वेबी प्लास्टिक र ल इन्जिनियरिङ गरी ४ वटा उद्योग तथा भक्तपुरका ओम सत्यसाई प्लास्टिक उद्योग, सिर्डी इन्जिनियरिङ, कान्तिपुर फिड र जय सञ्जिवनी डेरी पनि यस कारबाहीमा परेका छन्।  नेपालगञ्जका अमानी ट्रेडर्स, लभ ए एग्रो र भेरी प्राविधिक शिक्षालय, धरानका जेबी स्टिल एन्ड आइरन र प्रशन्न प्लास्टिक तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अन्जु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिजको पनि बक्यौता नतिरेका कारण विद्युत् तथा पानीको लाइन काटिएको छ।लाइन काटिएपछि बक्यौता रकम बुझाउने ८ उद्योगको सेवा भने पुनः सञ्चालन गरिएको छ । जसमा बालाजुका बालाजु अटो वक्र्स, आरके प्लास्टिक, एटलस पेट प्लस र नेपाल पोली पाइप, पाटनका भैरवनाथ आइरन र अनुज मेटल, पोखराको पोखरा कपास तथा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय रहेका छन् ।६३ उद्योगमध्ये ८ उद्योगले बक्यौता तिरेपछि हाल ५५ उद्योगको विद्युत् तथा पानी सेवा बन्द अवस्थामा छ । लिमिटेडले बिहीबार पनि बक्यौता नतिर्ने अन्य उद्योगमाथि कारबाही जारी राख्ने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend