काठमाडाैँ । एमएडब्लु अर्थमुभर्स प्रालि (JCB Division) र एभरेष्ट बैंकबीच JCB का ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमाका तर्फबाट सञ्जय देव यादव तथा बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका थिए ।
सहकार्य अन्तर्गत JCB लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्य दिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको छ ।




.gif)



