images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • १० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी...

१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न बिरामीका लागि निःशुल्क व्यवस्थापन गर्ने सरकारी निर्देशिकाको अस्पष्ट र अव्यवहारिक भाषाप्रति गम्भीर आपत्ति जनाएको छ । स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र निःशुल्क उपचारसम्बन्धी प्रतिवेदनमाथि गृहकार्य गरी अफिनका अध्यक्ष डा.पदमबहादुर खड्काको नेतृत्वमा सोमबार गएको गएको टोलीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापनपत्र बुझाएको थियो । 

    images
    images

    सरकारबाट कुनै सहयोग वा अनुदान विना नै ७० प्रतिशत नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याइरहेको निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको सट्टा सङ्कटमा पार्ने गरी सेवाका सर्तहरू लाद्न खोजिएको भन्दै अफिनले असन्तुष्टि व्यक्त गरेको छ । छलफलका क्रममा अफिनका अध्यक्ष डा.खड्काले निजी क्षेत्रको छाता सङ्गठनलाई उपेक्षा गरी एकतर्फी रूपमा ल्याइएको र विसं २०७३ सालको सहमति विपरीतको कार्यविधि अनुसार १० प्रतिशत निःशुल्क शय्या व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।

    725592335_1505666117682271_5061828042249126920_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend