images

२०८३ आश्विन १६ गते

images
images
images

जेठमा महिनामा घरजग्गा कारोबारबाट सवा ५ अर्ब राजस्व संकलन

जेठमा महिनामा घरजग्गा कारोबारबाट सवा ५ अर्ब राजस्व संकलन

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ ।देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ संकलन गरेको छ ।

    images
    images

    विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार, टोखाले १० करोड ९९ लाख २३ हजार, चाबहिलले १ करोड ४२ लाख १९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ बराबरको राजस्व संकलन गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend