images

२०८३ आश्विन १६ गते

images
images
images

वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब नाघ्यो, जेठ महिनामा २ अर्ब २९ करोड थपियो

वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब नाघ्यो, जेठ महिनामा २ अर्ब २९ करोड थपियो

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३) को ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ४७ अर्बभन्दा माथि आएको छ ।उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।२०८३ जेठ महिनामा मात्रै २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । विभागका अनुसार जेठ महिनामा कुल १८६ वटा परियोजना स्वीकृत भएका छन् ।११ महिनामा सो लगानी प्रतिबद्धता कुल ९१४ कम्पनीमार्फत आएको हो । २०३ कम्पनी अप्रुभल रुट र ७११ कम्पनी अटोमेटिक रुटबाट दर्ता भएका थिए ।

    images
    images

    जेठ महिनामा स्वीकृत १८६ परियोजनामध्ये १८३ वटा साना स्केलका उद्योग छन् भने ३ वटा मध्यम स्केलका छन् । ठुला स्केलका उद्योग भने यो महिना एउटा पनि स्वीकृत भएको छैन । यी उद्योग सञ्चालनमा आउँदा १ हजार २२१ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा वैदेशिक लगानीको प्रतिबद्धता भएका कुल ९१४ वटा परियोजनाबाट २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान छ ।सरकारले अहिलेसम्म ५ हजार २४८ उद्योग दर्ताका लागि ७ हजार ३७४ लगानीस्वीकृत गरी ६ खर्ब ६० अर्ब ४३ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ ।आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा वैदेशिक लगानीको प्रतिबद्धता भएका कुल ९१४ वटा परियोजनाबाट २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान छ ।

    उद्योग विभागका अनुसार लगानीका हिसाबले कृषि तथा वनजन्य क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ । परियोजना सङ्ख्याको आधारमा भने सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी ५७७ वटा उद्योग स्वीकृत भएका छन्, जसमा कृषि तथा वनजन्य क्षेत्रमा २२ अर्ब ८ करोड अर्थात् ४६ प्रतिशत लगानी स्वीकृत भएको छ ।त्यस्तै, पर्यटन क्षेत्रमा १२ अर्ब ९९ करोड, सेवा क्षेत्रमा ४ अर्ब ५९ करोड, उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ५७ करोड, सूचना प्रविधिमा २ अर्ब ३६ करोड, पूर्वाधारमा १ अर्ब ६५ करोड, ऊर्जामा २३ करोड ४२ लाख र खनिजमा ११ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।विभागको तुलनात्मक ग्राफ अनुसार चालु आर्थिक वर्षको ११ महिनामा लगानीको उतारचढाव देखिएको छ, जसमा आर्थिक वर्षको सुरुवाती महिना साउनमा वर्षकै सबैभन्दा बढी (करिब २५ अर्ब हाराहारी) लगानी स्वीकृत भएको थियो ।जेठ महिनामा ९५ जना लगानीकर्ता, ५१ जना प्रतिनिधि र ८५ जना आश्रितहरूका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ ।

    images
    images

    त्यस्तै, भदौ महिनामा साउनको तुलनामा लगानीमा गिरावट आएको थियो । असोजदेखि माघसम्ममा लगानीको ग्राफ निकै न्यून विन्दुमा झरेको थियो, जसमा मङ्सिर र पुस महिनामा लगानी सबैभन्दा कम देखिएको छ । फागुन महिनामा लगानीको ग्राफमा केही सुधार देखिएको थियो ।साउनमा वर्षकै उच्च करिब २४ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको थियो भने भदौमा यो घटेर करिब ९ अर्बमा खुम्चियो । त्यसपछिका महिनाहरू असोजमा करिब ३ अर्ब, कात्तिक र मङ्सिरमा समान १ अर्ब ५० करोड तथा पुस महिनामा १ अर्ब हाराहारीमा लगानी प्रतिबद्धता आएको थियो ।माघमा पुनः १ अर्ब ५० करोड पुगेको लगानी फागुनमा करिब १ अर्बमा झरेको थियो । चैतमा १ अर्ब र वैशाखमा करिब ३ अर्ब पुगेको लगानी जेठ महिनामा आएर २ अर्ब २९ करोड स्वीकृत भएको छ ।जेठ महिनामा ९५ जना लगानीकर्ता, ५१ जना प्रतिनिधि र ८५ जना आश्रितहरूका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ । त्यस्तै, जेठ महिनामा रोयल्टीबापत ४४ करोड ७५ लाख र लाभांशबापत ७९ लाख ८६ हजार रुपैयाँ फिर्ता लैजान स्वीकृत दिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend