images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • विभिन्न प्रहरी कार्यालयलाई मुक्तिनाथ विकास बैंकको...

विभिन्न प्रहरी कार्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

विभिन्न प्रहरी कार्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न जिल्लाका प्रहरी कार्यालय ,इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरु सहयोग गरेको छ ।बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय- धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय-काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरु हस्तान्तरण गरेको छ ।साथै , जिल्ला प्रहरी कार्यालय-बर्दिया, गुलरियालाई रोड डिभाइडर, सचेतामूलक बोर्ड सहयोग गरेको छ । उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गएिको छ ।

    images
    images

    स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend