images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि...

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

images
images
मंगलवार, आषाढ २ २०८३
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले गत् बैशाख ३० गते राजीनामा दिएका थिए। त्यसपछि उक्त पद खाली भएको थियो ।

    images
    images

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीका अनुसार निगमका कार्यकारी निर्देशक भट्टले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८’ को मापदण्ड बमोजिम योग्यता पुगेका व्यक्तिहरूलाई दरखास्त दिन सूचित गरेको छ।

    इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ‘सरकारी उद्योग तथा संस्थान शाखा’ मा आफ्नो आवेदन बुझाउनुपर्नेछ ।भट्टलाई पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ति गरेको थियो। उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend