images

२०८३ आश्विन १६ गते

images
images
images

यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता

यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

    images
    images

    उक्त बजेटका सिद्धान्त र प्राथमिकता यस्ता छन्-

    सिद्धान्त
    क) आर्थिक वृद्धि मार्फत रोजगारी र आय वृद्धि गर्नु।
    ख) सामाजिक न्याय र समृद्धि हासिल गर्नु।
    ग) गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण गर्नु।
    घ) आधुनिक प्रविधियुक्त दक्ष र उत्पादकशील मानव पुँजी निर्माण गर्नु।
    ङ) सार्वजनिक प्रशासनमा सुधार गरी सुशासन कायम गर्नु।
    च) बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता कायम गर्नु।

    images
    images

    बजेटका प्राथमिकताहरू
    क) प्रादेशिक सन्तुलन सहितको गुणस्तरीय, समावेशी तथा सहभागितामूलक पूर्वाधार विकास।
    ख) मानव पुँजीको निर्माण, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन सँगै उत्पादकत्व र रोजगारीमा वृद्धि।
    ग) प्रविधिमा आधारित कृषि प्रणाली, बजारीकरण तथा विविधीकरण एवं पर्यटन प्रवद्र्धन।
    घ) लगानीको विस्तार सँगै औद्योगिकीकरणको विकास गरी रोजगारी सिर्जना।
    ङ) जनमुखी सार्वजनिक प्रशासन, सदाचारिता प्रवद्र्धन सँगै शासकीय सुधार।
    च) आर्थिक, सामाजिक लगायतका सबै क्षेत्रहरूमा निजी क्षेत्रको महत्वपूर्ण सहभागिता र संलग्नताका साथै सुशासन र विकासमा युवा सहभागिता।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend