images

२०८३ आश्विन १६ गते

images
images
images

गण्डकीका जनताका घरघरै धारा पुर्‍याउन १ अर्ब ७ करोड बजेट

गण्डकीका जनताका घरघरै धारा पुर्‍याउन १ अर्ब ७ करोड बजेट

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • पोखरा ।  गण्डकी प्रदेश सरकारले आगामी वर्ष प्रदेशका जनताको घरघरमा धारा  पुर्‍याउन १ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल नाराका साथ बहुवर्षीय खानेपानी आयोजनाहरू सम्पन्न गर्न १ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको हो ।विगतदेखि सञ्चालनमा रहेका आयोजनाहरूलाई तीव्रता दिँदै एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए । 

    images
    images

    सरकारी विद्यालय, स्वास्थ्य संस्था, धार्मिक तथा पर्यटकीय स्थलहरूमा स्वच्छ खानेपानी पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले सुनाए । यस्तै, लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनाहरूमा खपत हुने विद्युत् महसुलमा अनुदान दिनका लागि ४ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका लागि ४ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र गण्डकी प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्याई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने दाबी गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend