images

२०८३ आश्विन १६ गते

images
images
images

गण्डकीको स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३१ करोडको बजेट

गण्डकीको स्वास्थ्य क्षेत्रमा ३ अर्ब ३१ करोडको बजेट

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • पोखरा ।  गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि आगामी वर्ष करिब साढे ३ अर्ब विनियोजन गरेको छ । सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन अर्थ मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पतालको भवन निर्माण कार्यका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, नवलपुरको मध्यबिन्दु प्रादेशिक अस्पताल र गोरखा अस्पतालमा सीटी स्क्यान मेसिन खरिद गर्न १० करोड रुपैयाँ बजेट छुट्टाइएको छ । 

    images
    images

    प्रदेश सरकार मातहतका विभिन्न अस्पतालहरूका लागि आवश्यक एम्बुलेन्स खरिद गर्न थप ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको ज्यान जोगाउन र आकस्मिक उपचारका लागि हवाई उद्धार सेवालाई ६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । महामारी तथा जनस्वास्थ्य सम्बन्धी जोखिमको पूर्व तयारी र प्रतिकार्यका लागि समुदाय स्तरमा एकीकृत निगरानी प्रणाली विस्तार गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । नसर्ने रोगहरूको रोकथामका लागि हरेक बिहान योग र ध्यान अभियान सञ्चालन गरिने अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रमलाई सुदृढ बनाउँदै प्रदेश सरकारले रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । क्यान्सर रोगको उपचारमा थप आर्थिक सहायता, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend