images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १००...

पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित

पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो ।शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको छ भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

    images
    images

    कार्यक्रममा पीएनएएनका अध्यक्ष डा.दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।पाकिस्तानी दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग पुर्‍याउने पीएनएएनका चिकित्सक तथा स्थानीय निकायप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै उपप्रमुख सुशीला अधिकारीले नागार्जुनका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तानी दूतावास र पीएनएएनलाई धन्यवाद दिइन् ।त्यसैगरी, पीएनएएनका अध्यक्ष डा.मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानी दूतावासले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले दुई देशबिचको जनस्तरीय सम्बन्ध थप मजबुत पार्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend