images

२०८३ आश्विन १६ गते

images
images
images

२४ घण्टाको ट्राफिक कारबाही: २,४०८ चालक कारबाहीमा, चार लाख ५८ हजार राजस्व संकलन

२४ घण्टाको ट्राफिक कारबाही: २,४०८ चालक कारबाहीमा, चार लाख ५८ हजार राजस्व संकलन

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लघंनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, सङ्केत बत्ती उल्लंघनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको हो । 

    images
    images

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८५, निषेधित क्षेत्रमा हर्न बजाउने १०६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने ११६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३३५ जनालाई कारबाही गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend