images

२०८३ आश्विन १७ गते

images
images
images

सरकारी अस्पतालमा बिरामीका भार

सरकारी अस्पतालमा बिरामीका भार

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • चितवन, २९ जेठ । यहाँस्थित दुई सरकारी अस्पताल–भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ ।  
     
    भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा  बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो । 
     
    भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक  ८५० बिरामीलाई बिहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिएका छन् ।
     
    उनीहरुले–भारतीय सीमा क्षेत्रबाट यहाँस्थित सरकारी अस्पतालमा  उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend