काठमाडौं, २९ जेठ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन् ।
संस्थाको ११८औँ सञ्चालक समिति बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका ओलीलाई असार १ गतेदेखि लागू हुने गरी कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाले अर्को व्यवस्था नभएसम्म ओलीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जनाएको छ।




.gif)





