images

२०८३ आश्विन १८ गते

images
images
images

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता तान्दै राष्ट्र बैंक

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार १ खर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम खिच्न लागिएको जनाएको हो।

    images
    images

    यसका लागि शुक्रबार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमभित्र रही बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त निक्षेप संकलन उपकरणमा सहभागिता जनाउन पाउनेछन्। यो १९ दिने अवधिको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असार १७ गते भुक्तानी गरिनेछ।

    images
    images

    पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस कदमले बजारमा मुद्रा व्यवस्थापन तथा मौद्रिक स्थायित्व कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend