images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार...

तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्दै

तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्दै

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं ।  तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता मिश्रित भाइमसलाको प्याकेट दिने चलन छ ।

    images
    images

    अहिले बजारमा भाइमसलाको व्यापार सामान्य बढे पनि तिहार शुरु हुने दिन आउँदो बुधवारदेखि भने किनमेल गर्नेको घुइँचो नै लाग्ने व्यापारीले बताएका छन् । यसपटक भाइ मसलाको मूल्य बढेको छ । खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यले थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य बढेको बताउनुभयो ।

    मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै काजु र सुकमेलको मूल्य बढेको उहाँको भनाइ छ । नेपालमा उत्पादन नहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ ।

    images
    images

    नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका देशबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend