images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र...

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गरेका छन् ।
     
    बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँगको छलफलमा ट्राफिक व्यवस्थापनमा सहरको मुहारमात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँमा कसरी व्यवस्थापन भइरहेका छन्, त्यो पनि हेरेर काम गर्नुपर्ने कार्यवाहक प्रमुख डङ्गोलको धारणा थियो । 

    images
    images

    कार्यवाहक प्रमुख डङ्गोलले भने, “कालोपत्र सडकमा पार्किङ गरिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । यो राम्रो मुहार त्यतिबेला चम्किलो हुन्छ, जुनबेला भित्री गल्ली र चोकहरूमा सवारीसाधनको चाप व्यवस्थापन हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङस्थल कुन हो भनेर चिन्न सक्छन् र उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्दैन ।”

    काठमाडौँको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भने, “पार्किङको सुविधा तथा विकल्प दिएर व्यवस्थापन गरौँ । ट्राफिक प्रहरी र कामपा प्रहरीबीच निकट सम्बन्ध राखेर दीर्घकालीन काम गरौँ । यसका लागि कामपाले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।” 

    images
    images

    “काठमाडौँको पूर्वाधारसँग सवारी चालकहरूको मनोविज्ञान जोडिएको छ”, ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भने, “सडकमा डोरी टाँगिएको छ भने, कोन राखिएको छ भनेमात्र ट्राफिक नियमको पालना गर्ने, यस्ता पूर्वाधार नराखेका ठाउँमा जथाभावी गर्ने परिपाटी छ । पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधारमा काम गर्नुपर्नेछ ।” चालकहरू अनुशासनको कुरा गर्दै उनले भने, “गएका चार दिनमा विद्यालयका गाडी चलाउने १६ जना चालकले बिहानै मादक पदार्थ सेवन गरेको पाइयो, यो एउटा विम्ब हो, हामीले सुधार गर्नुपर्ने धेरै ठाउँ छन् ।” 

    असार महिनाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा र नियम पालनामा जिम्मेवार हुन अनुरोध गर्ने र साउनदेखि कडा कानुनी कारबाही गर्ने योजना बनाएको काफ्लेले बताएका छन् ।

    काठमाडौँको सहरी व्यवस्थापनका विषयमध्ये ट्राफिक व्यवस्थापन प्रमुख मध्येको एक हो । यसको सुधारबाट नागरिकले सरकारका काम  महसुस गर्न सक्छन्, भेट्न सक्छन् । यो उद्देश्य प्राप्त गर्नेगरी काम गरौँ । छलफलको निष्कर्ष थियो । कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पनि सहभागी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend