काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगदसहित न्युरोडबाट बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर–८ जौवारी घर भएका २३ वर्षीय स्वरूप राज दवाडी छन् ।उनको साथबाट स्रोत नखुलेको ४० लाख बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
काठमाडौँको जरङ्खु बस्दै आएका दवाडीले आफू चन्द्रोदय बहुउद्देश्यीय सहकारीमा रकम सङ्कलनको काम गर्ने प्रहरीलाई बताएका छन् । आरोपीको साथमा भेटिएको रकमको स्रोत नखुलेको एसएसपी खड्काले जानकारी दिए ।




.gif)



