images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • असार १५ देखि फ्लोरमा जाँदै कृषाको...

असार १५ देखि फ्लोरमा जाँदै कृषाको ‘पारस’

असार १५ देखि फ्लोरमा जाँदै कृषाको ‘पारस’

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं।  निर्देशक कृषा चौलागाईँको तेस्रो फिल्म ‘पारस’ यही असार १५ गतेदेखि फ्लोरमा जाने भएको छ । निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहीवार कलाकारहरुको फेस टेष्ट गरेको छ । बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो ।एक्सन निर्देशकको छवि बनाएकी कृषाले यो फिल्मको प्रि–प्रोडक्सनको अधिकांश काम सकिएकाले छायांकनमा जान लागिएको बताइन् ।

    images
    images

    उनका अनुसार फिल्मको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिने छ । सोहीको तयारीका साथ कलाकारहरुको लुक्स हेरिएको निर्देशक कृषाले जानकारी दिइन् ।केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुवन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने जारी छ ।फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् । छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहने छन् ।

    केही साताअघि फिल्मको पहिलो गीत रेकर्ड गरिएको थियो, जसमा गायन रियालिटी शो नेपाल आइडल सीजन ३ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन् । उक्त गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।फिल्मको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहने छन् भने द्वन्द निर्देशन शुक्रराज शाहले गर्नेछन् । सत्यम राणा र समीर मियाँले भीएफएक्सको काम सम्हाल्ने छन् । सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक छन् ।त्यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् । रेनिस फागो कलरिस्ट रहने चलचित्रको पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन् । काला चरणले पृष्ठभूमि संगीत (बीजीएम) तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङ गर्नेछिन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend