images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको...

सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ

सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । बर्दियामा सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ घर भएका २४ वर्षीय घनश्याम न्यौपाने र उनकी पत्नी कृपा चौधरी छन्।उनीहरुले बर्दियाका ठाकुरबाबा नगरपालिका–३ स्थित बगनाह बजारमा रहेको घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको फर्जी कार्यालय खोलेर ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    images
    images

    कार्यालय मार्फत कर्मचारी नियुक्ति र मजदुरी काममा लगाउने प्रलोभन देखाएर उनीहरुले ठगी धन्दा चलाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक जना अधिकृतले  बताए । उनीहरूले सरकारी कार्यालयको छाप र कागजात नक्कली रूपमा प्रयोग गर्ने गरेको भेटिएको छ । प्रहरीले उनीहरू विरूद्ध लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend