images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स...

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तर्देशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेस्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोड रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्ने बैंकले जनाएको छ ।नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन् ।

    images
    images

    त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् । नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस      ( आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend