images

२०८३ आश्विन १६ गते

images
images
images

२४ घण्टामा ट्राफिक कारबाहीबाट २० लाख २१ हजार राजस्व सङ्कलन

२४ घण्टामा ट्राफिक कारबाहीबाट २० लाख २१ हजार राजस्व सङ्कलन

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख २१ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो ।

    images
    images

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend