images

२०८३ आश्विन १८ गते

images
images
images

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।बैंकले आयकर ऐन २०५८ बमोजिम ब्याजमा लाग्ने करकट्टी विवरण नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागको E-TDS प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अनिवार्य भएको जनाएको छ।

    images
    images

    ग्राहकहरूले बैंकको पोर्टलpanupdate.nicasiabank.comवा NIC ASIA MoBank मोबाइल एपमा रहेको “PAN Update” विकल्प प्रयोग गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयबाट समेत प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।प्यान अद्यावधिक भएपछि करकट्टी विवरण (E-TDS) स्वतः प्रणालीमा समावेश हुने भएकाले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ। यसले गर्दा प्रमाणपत्र लिन बैंकमा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

    प्यान अद्यावधिक नगरेको कारणले E-TDS मा ब्याज कर समावेश नभएमा वा पछि समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने पनि बैंकले स्पष्ट पारेको छ।त्यस्तै, ग्राहक महानुभावहरूलाई आफ्नो इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरिएको छ। यसका लागि बैंकको भिडियो केवाईसी सेवाhttps://www.nicasiabank.com/video-kyc/वा MoBank एपको “My Profile” मा गई “Change Email” विकल्प प्रयोग गर्न सकिनेछ। साथै, शाखा कार्यालयबाट पनि इमेल अद्यावधिक गर्न सकिने व्यवस्था छ।यसअघि प्यान उपलब्ध गराइसकेका तर करकट्टी विवरण वा इमेल अद्यावधिक नभएका ग्राहकहरूले नजिकको शाखा वा बैंकको ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend