images

२०८३ आश्विन १७ गते

images
images
images

गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा

गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा

images
images
बुधवार, जेठ २७ २०८३
बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । सामान्यतया जाडो मौसममा तातो पेय पदार्थहरू बढी सेवन गरिन्छ । यसले शरीरलाई न्यानो बनाउने विश्वास गरिन्छ । तर गर्मी मौसममा तातो कफी पिउनु पनि स्वास्थ्यका लागि लाभदायक हुन सक्ने विज्ञहरू बताउँछन् । धेरैलाई गर्मीमा तातो कफी पिउँदा शरीर झन् तातो हुन्छ भन्ने लागे पनि सही अवस्थामा यसले शरीरलाई चिसो महसुस गराउन मद्दत गर्न सक्छ ।विज्ञहरूका अनुसार तातो पेय पदार्थ सेवन गर्दा शरीरका रक्तनलीहरू फराकिला हुन्छन् । यसले छालासम्म रक्तसञ्चार बढाउँछ र शरीरभित्रको ताप बाहिर निस्कन सहयोग पुग्छ । साथै, तातो कफी पिएपछि हल्का पसिना आउँछ । पसिना सुक्दै वाष्पीकरण हुँदा शरीरले स्वाभाविक रूपमा चिसोपन महसुस गर्छ ।

    images
    images

    कफी खाँदा यी कुरामा दिनुस् ध्यान

    ओटावा विश्वविद्यालयको एउटा अध्ययनअनुसार तातो कफीको यस्तो प्रभाव वातावरणले पसिनालाई सजिलै सुक्न मद्दत गर्ने बेलामा मात्रै प्रभावकारी हुन्छ । मौसम अत्यधिक आद्र्र छ भने पसिना छिट्टै सुक्दैन र शरीरलाई राहत मिल्नुको सट्टा अझ बढी गर्मी महसुस हुन सक्छ । त्यसैले तातो कफीको लाभ मौसम र शरीरको अवस्थामाथि निर्भर हुन्छ । सुख्खा मौसममा तातो कफी बढी उपयोगी हुन सक्छ भने अत्यधिक आद्र्र भएको अवस्थामा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।

    images
    images

    कुन हो गर्मीमा कफी पिउने सही समय ?

    कफी पिउने समय पनि महत्वपूर्ण मानिन्छ।  ताजा बनाइएको तातो कफीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले स्वास्थ्यलाई फाइदा पु‍र्याउँछ । कफी खाली पेट पिउनुभन्दा बिहानको खाजा खाइसकेपछि वा केही समयपछि सेवन गर्नु राम्रो मानिन्छ । यसले अम्लपित्त तथा तनावसँग सम्बन्धित हर्माेनको प्रभाव कम गर्न सहयोग पु‍र्याउन सक्छ ।

    दिनमा कति कफी पिउनु उपयुक्त?

    गर्मी मौसममा कफी सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ । दिनभरमा एकदेखि दुई कप कफी पर्याप्त मानिन्छ । साथै, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनु र सन्तुलित जीवनशैली अपनाउनु पनि उत्तिकै आवश्यक छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend